प्रभु महालक्ष्मी लाइफले हकप्रद सेयर बिक्रीको अनुमति माग्न गयो धितोपत्र बोर्ड

काठमाडौं, २९ फागुन । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले १७% हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

इन्स्योरेन्सले १ः०.१७ अनुपातमा ७३ लाख ३ हजार २०० कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो ।

इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँको दरले ७३ करोड ३ लाख २० हजार रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्नेछ । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको हकप्रद सेयर निस्काशनमा सिद्धार्थ क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको काम गर्नेछ ।

नेपाल बिमा प्राधिकरणले तोकेको ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्न लागेकोे हो । हाल इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ छ । यसमा १७% हकप्रद सेयर बिक्री भएमा चुक्ता पुँजी ५ अर्ब २ करोड ६३ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्