राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रका दाहाल निर्वाचित


काठमाडौं, २९ फागुन । मंगलबार भएको मतदानमा दाहालको पक्षमा बहुमत सदस्यले मत जाहेर गरेपछि शर्माको नाम अस्वीकृत भएको हो । शर्मा नेपाली कांग्रेस र लोसपाका तर्फबाट उम्मेदवार थिए ।

पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा जम्मा ५६ जना सांसद उपस्थित थिए ।

राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवार नारायण प्रसाद दाहाल थिए । दाहाल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका छर्फबाट उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्