आरम्भ चौतारी लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं,२९ फागुन । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले गत आ.व.२०७९/८० वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।

लाभांश वितरण नगर्नेको लिष्टमा आरम्भ चौतारी लघुवित्त पनि थपिएको छ ।

लघुवित्तको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो । सो निर्णयपश्चत लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि राष्ट्र बैंक पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्