प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदलाई रास्वपाले जारी गर्यो ह्विप
काठमाडौं,२९ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।
बिहान बसेको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गर्दै सबै सांसदलाई संसदमा अनिवार्य रुपमा उपस्थिति भएर मत दिन ह्विप जारी गरेको हो ।
संसदीय दलको कार्यालय सिंहदरवारमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने बारेको निर्णय गर्न बैठक बसेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट चार मन्त्रालयका साथ सरकारमा सहभागी भएको छ । रास्वपाका संसदमा २१ जना सांसद रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्