अपर तामाकोशीको हकप्रद शेयर नेप्सेमा सूचीकृत

काठमाडौं,२७ फागुन । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अपर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत भएको छ ।

नेप्सेमा अपर तामाकोशीको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर आज सूचीकृत भएको हो । यो कम्पनीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म आफ्ना शेयरधनीहरुलाई १ः१ अर्थात एक शेयर बराबर एक हकप्रद बिक्री खुला गरेको थियो ।

हकप्रद निष्कासनका क्रममा संस्थापक समूहको पूरै शेयर बिक्री भए पनि सर्वसाधारण समूहको १ करोड ७० लाख १९ हजार ५३० कित्ता शेयर बिक्री भएको थिए । उक्त अवितरित हकप्रद शेयर कम्पनीले लिलामी प्रक्रियामार्फत बिक्री गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्