उपेन्द्र यादवले चौंथो उपप्रधानमन्त्रीको रुपमा लिए शपथ

काठमाडौं,२७ फागुन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीको शपथ ग्रहण गरेका छन् । यससँगै प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा उनीसहित उपप्रधानमन्त्री संख्या चार जना पुगेको छ ।

यसअघि नै मन्त्रिपरिषद्मा तीन जना नियुक्त भइ सकेका छन् । उनी अगाडी नै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठ र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने भैसकेका छन् । आज जसपा अध्यक्ष यादव पनि थपिएपछि उपप्रधानमन्त्रीहरुको संख्या चार पुगेको हो । यो क्रम अझ बढ्ने सम्भावना पनि देखिन्छ । सरकार अझै पनि साना दलहरुसंग गठबंदनलाइ बृहत गराउन संवादमै छ ।

त्यस्तै जसपाबाट सरकारमा यादव र नवलकिशोर साह थपिएका छन् । साहले वन तथा वातावरण मन्त्रीको शपथ ग्रहण गरेका छन् ।

उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्