भारतमा एलपी ग्यासको मूल्य घटाउने मोदीको घोषणा, एक तिर दुइ निशाना

काठमाडौं,२५ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एलपी सिलिन्डरको मूल्य भारु १०० ले घटाउने घोषणा गरेका छन् । मोदीले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुक्रबार एलपीजी सस्तो बनाउने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री  मोदीले एक तीरले दुइ निसाना साधेका छन् । आसन्न २०२४ को लोक सभा निर्वाचनलाई लक्ष्य गरेर भाजपा सरकारले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर सीएनजीको मूल्य घटाएर महिलाहरुको मन जित्ने प्रयास गरेका छन् ।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्सबाट ट्विट गर्दै केन्द्रीय सरकारले एलपीजी सिलिन्डरको मूल्यमा भारु १०० छुट दिने निर्णय गरेको बताएका छन् । उनले लेखेका छन्, ‘आज महिला दिवसका अवसरमा हामीले ग्यास सिलिन्डरको मूल्यमा भारु १०० छुट दिने ठूलो निर्णय गरेका छौँ । यसले महिलाहरुले परिवार संचालनमा र आर्थिक बोझ पनि कम गर्नेछ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्