महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा दर्शनार्थीको घुइँचो

काठमाडौं, २५ फागुन । आज महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको छ । आराध्यदेव श्री पशुपतिनाथ दर्शन गर्ने पालो छिटो पाउने आशमा दर्शनार्थीहरु रातिदेखि नै लाइनमा बसेका थिए । दर्शनार्थीहरु लामबद्ध भएर पूजा गर्ने र फर्किने क्रम चलिरहेको छ ।

पशुपतिनाथ मन्दिरमा पूजा गर्ने दर्शनार्थीहरुका लागि बिहान २ बजेदेखि ढोका खुला गरिएको थियो । बिहान २ बजेदेखि अहिलेसम्म पशुपतिनाथमा करिबलाखौ भक्तजनले दर्शन गरिसको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवणीरमण अधिकारीले बताए ।

पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान २ बजेदेखि खोलिएको र एकचोटीमा नौदेखि १० जनासम्मले दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दर्शनको लागि एक व्यक्तिलाई करिब २ मिनेटको सयम मिलाईएको छ ।
यस वर्षको महाशिरात्रिमा कम्तीमा २० लाख जना भक्तजनले पशुपतिको दर्शन गर्ने अनुमान पशुपति क्षेत्र विकास कोषले आकलन गरेकोछ ।

महाशिवरात्रि पर्व भगवान शिवको विधिपूर्वक पूजा, आराधना गरी मनाउने गरिन्छ । यसैक्रममा काठमाडौंको पशुपतिनाथ सहित ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर, खोटाङ्गको हलेशी, नुवाकोटको गुप्तेश्वर, तारकेश्वर मन्दिर लगायत देशभरको शिवालयहरुमा भक्तजनको भिड लागेको छ ।

आज शिवभक्तहरु व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु, जाजा, भाङ्ग, दूध, धतुरो र बेलपत्र आदि पूजा सामग्री चढाएर पूजा गर्ने गर्छन् । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा धुनी जगाई तात्ने र भजनकीर्तन गर्ने चलन छ । यसले विशे्रषे किसिमको विशेषता बोकेको पर्व हो महाशिबरात्री । यसलाई धेरैले रमाइेको पर्वको रुपमा समेत निले गरेका छन् । किन की यस दिन भगवान शिवलै पनि भाङ्ग, धतुरो, जागा लगायत लागु पदार्थ सेवन गरि आफ्नै संसारमा रमाउने पर्वकोरुपमा समेत लिइन्छ । यस अवसरमा विभिन्न सञ्चारमाध्यमहरुले पशुपनिाथ लगायत शिवालयहरुबाट त्यस स्थानको विभिन्न गतिविधिहरु र विशेषता मर्महरुको बारेमा पूत्यक्ष प्रसारण गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्