सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट, थप एक कित्ता पाउने २६ जना

काठमाडौं,२५ फागुन । सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहान १० बजे आईपीओ बाँडफाँट भएको हो ।

कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। सो शेयरमा कुल ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ता शेयरका लागि आवेदन परेको क्यापिटलले जानकारी दिएको छ ।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन नियमावली अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो ।

५५ हजार ५२१ जना आवेदकले ५० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् भने बाँडफाँट गरी बाँकी रहेको २६ कित्ता पनि ५० कित्ताभन्दा बढी आवेदन दिएका लगानीकर्ताहरुमाझ बाँडफाँट गरिएको छ । जस अनुसार २६ जना लगानीकर्ताले थप एक कित्ता सहित ५१ कित्ता शेयर प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्