नेपाली सेनाको आफ्नो स्थापनाको २६१ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाईदै

काठमाडौँ, २५ फागुन। आज महाशिव रात्रीको दिन यो नेपाल्री सेनाको स्थापन दिवस हो । आजकै दिन नेपाली सेनाले आधिकारीक रुपमा राष्ट्रको सुरक्षा समालेको थियो । विभिन्न समय क्रमसंगै अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६१ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार मुलुकभर सेना दिवस मनाएको छ । शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा पनि भव्य रुपमा सेना दिवस मनाएको हो ।

नेपाली सेनाका परमाधिपतिपति समेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा सेनाले परेड ९शस्त्राभ्यास० तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्कपकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

आजै जङ्गीअड्डा, मातहतका पृतना, बाहिनी, गण र गुल्ममा पनि विभिन्न कार्यक्रम आयोजना गरी सेना दिवस मनाइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्