प्रधानमन्त्रीले राजनैतिक बेइमानी गरे : कांग्रेस संसदीय दल

२४ फागुन, काठमाडौं । नेपाली कांग्रेस संसदीय दल बैठकले प्रधानमन्त्री प्रचण्डमाथि राजनैतिक बेइमानी गरेको आरोप लगाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन परिवर्तनपछि बिहीबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सभामुखलाई गराउने निर्णय समेत गरेको छ ।

कांग्रेस बैठकले संविधानको रक्षा, गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, सुशासन विकास र स्थिरिताका लागि पार्टीमा मतभेद हुँदा हुँदै पनि गठबन्धन गरेर चुनावमा गएको र त्यसक्रममा भएको सहमतिप्रति आफू प्रतिबद्ध रहेको बेला प्रधानमन्त्रीले अविश्वसनीय ढंगले गठबन्धन तोडेकोे निष्कर्ष नेपाली कांग्रेसले निकालेको छ ।

प्रधानमन्त्रीले हामीलाई विवासघात गर्नुभयो र गठबन्धन भत्काउनु भयो, कांग्रेस यसलाई राजनैतिक बेमाइनी ठहर गरेका छ ।

हामीले गठबन्धनको संस्कृति, मूल्यमान्यता र सम्पूर्ण सहमतिलाई पालना गरिराखेकै अवस्थामा अविश्वनीय ढंगले गठबन्धन तोड्नु भयो, यसलाई राजनीतिक भाषामा राजनैतिक बेइमानी भनिन्छ । यसले देशलाई अस्थिरता र अनिश्चिततातर्फ लगेको कांग्रेसको आरोप छ ।

संघीय संसदमा प्रमुख विपक्षी दलका हैसियतले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न कांग्रेस लागि पर्ने ने.का. प्रमुख सचेतक लेखकले बताएका छन् । हामीले हाम्रा सांसदहरुलाई संसदमा देश जनताका हितमा प्रभावकारी रुपमा प्रस्तुत हुन र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने जिम्मेवारीलाई यथोसक्य पूरा गर्ने तर्फ लाग्ने, प्रमुख सचेतक लेखकले बताए ।

प्रतिक्रिया दिनुहोस्