सामुदायिक र बीपीडब्लु लघुवित्तको एकीकृत कारोबार, सेयर कारोबार रोक्का

काठमाडौं,२४ फागुन । सामुदायिक र बीपीडब्लु लघुवित्त एक आपसमा मर्जर भएर आज बिहीबारबाट एकीकृत कारोबार सुरु हुँदैछ । दुवै संस्था एक भएपछि सामुदायिक लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु हुन लागेको हो ।

आजदेखि १५ दिनसम्म यो कम्पनीको सेयर कारोबार रोक्का भएको छ । ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ मा भएको व्यवस्था बमोजिम सेयर कारोबार रोक्का भएको हो ।

दुवै कम्पनी १ः०।८५३५ सेयर स्वाप अनुपातमा मर्ज भएर एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय बनेपामा रहने छ ।

दुवै लघुवित्तलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले माघ २४ र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते अन्तिम स्वीकृति दिएको थियो । यसअघि असोज ३० गते सम्पन्न दुवै लघुवित्तको विशेष साधारण सभाले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्