प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने

काठमाडौं,२४ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा बैठकलाई आज सम्बोधन गर्ने भएका छन् ।

पछिल्लो राजनीतिक सत्ता समीकरण बनाएपछि प्रचण्डले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्न लागेका हुन । सम्बोधन गर्ने सम्बन्धमा उनको सचिवालयले जनाएको हो ।

यही फागुन १८ गतेको बैठकमा सभामुख देवराज घिमिरेले संसदमा उठेका विषयहरुमा जवाफ दिन सरकारलाई फागुन २१ गतेको दिन नै तोकेर रुलिङ गरेका थिए । फागुन २१ गते स्थगित भएको बैठक बिहीबार बस्दैछ ।

प्रधानमन्त्रीले शून्य र विशेष समयमा उठेका प्रश्नहरुको जवाफ दिन लागेका हुन् । संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सो जानकारी गराएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्