लुम्बिनीमा हुन गइरहेको शिखर सम्मेलन स्थगित

काठमाडौं, २२ फागुन । लुम्बिनीमा हुन गइरहेको लौरियट्स एण्ड लिडर्स शिखर सम्मेलन स्थगित भएको छ।

सोमबार मात्र केन्द्रमा सरकार परिवर्तन भएपछि अन्योलमा रहेको सम्मेलनलाई लुम्बिनी प्रदेश सरकारले स्थगित गरेको हो।

विभिन्न देशका ९ जना नोबेल शान्ति पुरस्कार विजेतासहित विभिन्न दातृ निकायका लगानी साझेदारहरूलाई फागुन २८ र २९ गते लुम्बिनीमा ल्याएर शिखर सम्मेलन गर्ने तयारी प्रदेश सरकारले गरेको थियो।

शिखर सम्मेलनको सबै तयारी सुरू भई १ सयभन्दा बढी विदेशी पाहुनाहरूलाई समेत आमन्त्रित गरिसकिएको अवस्थामा शिखर सम्मेलन स्थगित गरिएको हो।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री सन्तोष कुमार पाण्डेले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सम्मेलन स्थगित गर्ने निर्णय गरेको जानकारी दिए।

गृहमन्त्री पाण्डेले मन्त्रिपरिषदको आकस्मिक बैठकबाट कारणबस भन्दै शिखर सम्मेलन स्थगित गर्ने निर्णय गरेको बताए।

प्रतिक्रिया दिनुहोस्