कांग्रेसद्वारा कर्णालीमा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं, २२ फागुन । कर्णाली सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन्। पत्रकार सम्मेलन गर्दै उनीहरूले राजीनामा गरेको जानकारी दिएका हुन् ।

राजीनामासँगै पार्टीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। अर्थमन्त्री बेदराज सिंहले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइएको बताए। कर्णाली प्रदेश सभामा कांग्रेसका १४ सांसद रहेका छन् ।

कांग्रेसबाट अर्थ मन्त्रालयमा सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसी मन्त्री थिए। उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए ।

केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीमा पनि मन्त्रीहरूले राजीनामा दिएका हुन् । मार्ग प्रशस्त गर्नुपर्छ भनेर राजीनामा दिएको उनीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्