गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त

काठमाडौं, २२ फागुन। केन्द्रमा सत्ता गठबन्धनमा आएको पहिरोको असर प्रदेशहरुमा पनि पर्न थालेको छ । त्यसको असर गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त भएका छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई पदबाट हटाएका हुन् ।

मुख्यमन्त्री पाण्डेले सिम्खडालाई गत बैशाख १५ र जुग्जालीलाई बैशाख २९ गते मन्त्री नियुक्त गरेका थिए ।

मुख्यमन्त्री पाण्डेले २ मन्त्री बर्खास्त गरेर दुवै मन्त्रालय आफैँ मातहत राखेका छन् । यसदे गर्दा प्रदेश सरकारमा पनि कतढचढाव आएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्