गठबन्धन दलका तीन मन्त्रीले लिए शपथ

काठमाडौं,२१ फागुन । गठबन्धन दलका तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

अहिले राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालले शपथ लिएका हुन् ।

यसैबीच नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्