नयाँ गठबन्धन बनेसँगै अब मुख्यमन्त्री पनि आलोपालोको तयारी
काठमाडौं, २१ फागुन । नयाँ गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा अहिले माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुको बैठक बसिरहेको छ ।
त्यसअघि प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीका नेताहरुसँग छलफल गरेका थिए । छलफलमा सहभागी माओवादी सचिव देवेन्द्र पौडेलका अनुसार नयाँ गठबन्धनमा आवद्ध दलहरुलाई समेटेर आजै सानो आकारको मन्त्रिपरिषद् गठन हुनेछ ।
राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षमा पनि नयाँ सहमति खोज्ने भन्दै उनले अघि भने, ‘प्रदेशका मुख्यमन्त्रीहरु आलोपालोको आधारमा अगाडि बढाउँछौं ।’ एमालेले ३ र माओवादी केन्द्रले २ वटा प्रदेशको नेतृत्व लिनेबारे दलहरुबीच प्रारम्भिक छलफल भइरहेको छ । बाँकी दुई प्रदेशको नेतृत्व गठबन्धनका अन्य दललाई दिने तयारी छ ।
स्रोतका अनुसार नयाँ गठबन्धनमा एकीकृत समाजवादीलाई पनि समेटेर लैजान पहल गर्ने माओवादीको निर्णय छ ।
प्रतिक्रिया दिनुहोस्