उत्पला क्याफेमा एक दिने भिगन फेस्टिवल, नकारात्मकतालाई न्युनिकरण र जैविक विविधतालाई कायम राख्न भिगन आहारको प्रयोग अपिहार्यः गृहमन्त्री श्रेष्ठ

काठमाडौ, १९ फाग्न । उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले नकारात्मकतालाई न्युनिकरण, जलवायु परिवर्तन र जैविक विविधतालाई कायम राख्न भिगन आहारको प्रयोग अपिहार्य भएको बताउनु भएको छ ।
शनिबार काठमाडौं, बौद्धको उत्पला क्याफेमा पशु कल्याणसम्बन्धी कार्य गर्ने उद्देश्यले स्थापित स्नेहाज केयरले आयोजना गरेको भिगन फेस्टिभल कार्यक्रमलाई सम्बोधन गर्दै
मन्त्री श्रेष्ठले यस्तो कुरा बताउनु भएको हो ।
गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘समाजमा बढ्दो क्रममा रहेको नेगेटिभ टेन्डेन्सीबीच मानिसको मनलाई शुद्ध बनाउन भेगन आहारको प्रयोग गर्दै समाजलाई सुसंस्कृत बनाउने अभियान चलाउनु पर्छ ।’
योग, ध्यानसँगै भिगन खाद्य तर्फ विस्तारै समाजलाई परिर्वतन गर्नुपर्ने आजको आवश्यकता भएको औल्याउनुभयो । यस्तै उहाँले बढ्दै गएको जलवायु परिवर्तन र जैविक विविधतालाई कायम राख्न पनि भिगन आहारको प्रयोग अपिहार्य भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नु भयो, ‘म शाकाहारी हुँ, म पनि भिगन बन्न सक्छु तर यसलाई आश्चर्य मान्नु पर्दैन ।’ उहाँले अहिले समाजमा बढ्दै गएको नकारात्मकतालाई न्युनिकरण गर्न ध्यान, योगा सँगै भिगन खाद्यले पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेहाज केयरका प्रमुख स्नेहाज श्रेष्ठले उत्पला क्याफेमा भिगन फेस्टिभलमा दुग्धजन्य पदार्थको प्रयोग बिना बनाइने परिकारको प्रवर्धन गर्नको लागि यस फेस्टिभलको आयोजना गरिएको बताउनुहुँदै फेस्टिभलमा भिगन विङ्ग्स, ससेज, भिगन मःमः, भिगन सुकुटीलगायतका विभिन्न परिकार प्रदर्शनी तथा बिक्रीमा राखिएको बताउनुभयो । वनस्पितजन्य खाद्य भएता पनि टेष्ट भने मासुको आउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ हामी केहिक्षणको टेष्टको लागि पशुलाई क्रुर रुपमा हत्या गरि आहारको रुपमा प्रयोग गर्नु निकै दुःखद् कुरो हो । पृथ्वीमा पशुको पनि बाँच्ने र जीउने अधिकार छ, तर हामी त्यसलाई कुनै वास्ता नै गर्दैनौं यो हामी मानवको विडम्बना हो ।’
सन् २०१८ देखि भिगन फेस्टिभल गर्दै आएको, पशुलाई क्रुरपूर्वक हत्यालाई निरुत्साहित गर्न र मानव जस्तै पृथ्वीमा रहेका हरेक जिवको बाँच्ने अधिकारलाई कुण्ठित गर्न नहुने उहाँको तर्क छ ।
उहाँले वनस्पतिमा आधारित आहार (भिगन डाइट) को उपभोगले व्यक्तिको स्वास्थ्य साथै पर्यावरणका लागि पनि फाइदाजनक र पशु कल्याणमा पनि टेवा पुग्ने हुँदा, यससम्बन्धी जनचेतना मूलक कार्यक्रमहरू पनि गर्दै आइरहेको उहाँले बताउनुभयो ।

महोत्सवमा विशुद्ध शाकाहारी (माछामासु मात्रै होइन, दहीदुध घिउ पनिरसमेत प्रयोग नहुने शाकाहारी) खाना भिगन विङ्ग्स, ससेज, भिगन मःमः, भिगन सुकुटी लगायतका परिकार प्रदर्शनी तथा बिक्रीमा राखिएको छ । करिब ५० भन्दा बढि स्टल राखिएको छ ।
यस महोत्सवलाई भव्य बनाउन लाइभ म्युजिक, नृत्य प्रस्तुति, वृत्तचित्र स्क्रिनिङ, बालबालिकाका निम्ति प्रतिस्पर्धात्मक खेललगायत कार्यक्रमहरु आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्