सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले नेपाल पुनर्बीमा कम्पनी र नागरिक लगानी कोषको शेयर बिक्री गर्दै

काठमाडौं,१८ फागुन । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी र नागरिक लगानी कोषको २३ लाख १२ हजार ४ सय ८३ कित्ता शेयर आज फागुन १८ गतेबाट बिक्रीमा राखिएको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी र नागरिक लगानी कोष गरि कुल २३ लाख १२ हजार ४८३ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो । नेपाल रिको २० लाख ७३ हजार ४४६ कित्ता र सीआईटीको २ लाख ३९ हजार ३७ कित्ता शेयर रहेको छ ।

बिक्रीमा राखिएको शेयरमा हालका संस्थापक शेयरधनी र अन्य योग्य लगानीकर्ताले बोलपत्र पेस गर्न सक्नेछन् । बोलपत्र पेस गर्दा न्यूनतम १५ हजार कित्ता र अधिकतममा ५ हजारले भाग जाने संख्यामा वा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेस गर्न सकिनेछ ।

लिलाममा राखिएको नेपाल रिको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ र सीआईटीको ७८० रुपैयाँ तोकिएको छ । खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्ने छ ।

प्रकाशित सूचना अनुसार इच्छुक लगानीकर्ताले आउँदो चैत २२ गतेसम्म खरिद आवेदन दिन सक्नेछन्। खरिद आवेदन काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्