नेप्सेमा फस्र्ट माइक्रोफाइनान्सको बोनस सेयर सूचीकृत

काठमाडौं,१७ फागुन । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ८ लाख ६० हजार ८०९.४६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

लघुवित्तको गत वर्षको नाफाबाट वितरण गरेको ७.५० प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्