आज एकैपटक चारवटा विषयगत समितिको बैठक

काठमाडौं, १७ फागुन । प्रतिनिधि  सभाअन्गर्तक विभिन्न विषयगत समितिहरु अन्गर्तत आज चार वटा संसदीय समितिको बैठक बसेको छ । बिहान ८ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा फालामे छडको कच्चा पदार्थको रुपमा रहेको स्पञ्ज आइरन र विलेट्स बीच भन्सार महसुल एवं अन्तशुल्कका सम्बन्धमा समितिको मिति २०७०।३।६ गतेको निर्णय कार्यान्वयन सम्बन्धमा छलफल भएको थियो।
त्यस्तै, बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजश्‍व अनुसन्धान विभागको कामकारवाही सम्बन्धमा छलफल भइरहेको छ ।

बिहान ११ः३० बजे बसेको पूर्वाधार विकास समितिको बैठकमा निर्वाचन क्षेत्र जोड्ने रणनैतिक सडक लगायतका विषयमा छलफल हुँदैछ भने दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल भएको संघीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्