कमसल धितोमा कर्जा प्रवाहमा कर्मचारी पक्राउ परेपछि बैंकर्स सँघको आकस्मिक बैठक

काठमाडौं,१६ फागुन । केन्द्रीय अनुसन्धान ब्युरो सिआइबिले मंगललबार प्रभु बैंकका डेपुटी सिइओ मनोज न्यौपाने ,सेञ्चुरीकै पूर्वसीईओ तुलसीराम गौतमसहित ११ जनालाई पक्राउ गरेपछि बैंकर्स सँघले आकस्मिक बैठक डाकेको छ ।

बुधबार संघले सबै बैंकरलाई बोलाएर पूर्ण बैठक राख्न लागेको ब‌ैंकर्स सँघका एक सदस्यले बताए । कमसल धितोमा कर्जा प्रवाह गरेको भन्दै सिआइबिले बैंकका कर्मचारीलाई पक्राउ गरेपछि संघले छलफल गर्न लागेको हो ।

बुधबार संघमा यस बारे गहन छलफल गरी त्यसको निष्कर्षसहित संघले गृहमन्त्री समेतलाई भेट गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्