नेपाल फर्मा एक्स्पो फागुन २५ देखि २७ गते सम्म हुँदै

काठमाडौं । औषधि व्यवसायीहरुको छाता संगठन नेपाल औषधि उत्पादक संघले नेपाल फर्मा एक्स्पो आयोजना गर्दै छ । संघले फागुन २५, २६ र २७ गते नेपाल फर्मा एक्स्पोको नवौं संस्करण चितवनमा गर्न लागेको हो । हाल नेपालमा भएको आर्थिक मन्दीलाई मध्यनजर गर्दै फर्मा एक्स्पो २०२४ आयोजना गर्न लागिएको संघले जनाएको छ । नेपाली औषधि उत्पादनले बजारमा प्रतिष्पर्धा गर्दै २५ वर्ष अगाडि आएका, पछिल्लो दशकमा आएका तथा भर्खरै आएका गरी तीन प्रकारका औषधि उद्योगहरुका रहेका छन्। नेपाली औषधि उत्पादक कम्पनीहरुको यस अवस्थालाई मध्यनजर गर्दै नेपाल औषधि उत्पादक संघले विदेशी पाहुनाहरुलाई समेत बोलाएर नेपाली औषधि उत्पादन कम्पनीहरुको पछिल्लो समयमा गरेका उपलब्धीहरुलाई जानकारी गराउने लक्ष्य समेत राखेको छ। यसले नेपाली बजारमा औषधिको अवस्था, उत्पादन, गुणस्तरीयता, भाविदिनमा खेल्नुपर्ने रणनीति लगायत विषयमा पनि विशेष अन्तरक्रिया हुने एक्स्पो संयोजक प्रभात रुङ्गटाले जानकारी दिए ।

नेपाली औषधि कम्पनीहरु समेत विदेशी कम्पनी सरह औषधि निर्यात गर्नका लागि सक्षम रहेको जानकारी यस एक्स्पो मार्फत् दिइने छ।

यस एक्स्पोमा करिब १६० वटा स्टल राखिएको छ। विश्वमै उच्चस्तीय सफलता हासिल गरेका कम्पनीहरुले समेत यस वर्षको एक्स्पोमा उत्साहजनक सहभागिता जनाउने संयोजक प्रभात रुङ्गटाले बताए।
नेपाली औषधि कम्पनीहरुले समेत बजार विस्तार गरी आत्मनिर्भर हुन सक्ने छन् भन्ने सन्देश दिनका लागि समेत एक्स्पो आयोजना गरिएको हो। औषधि उत्पादनको क्षेत्र पनि कृषि, पर्यटन तथा पस्मिना क्षेत्र जस्तै देशलाई ठूलो रकम राजस्व दिने र पहिचान दिने क्षेत्र भएको जानकारी गराउनका लागि समेत यस एक्स्पो आयोजना गरिएको हो।

हामीले विगतमा दुई फर्मा एक्स्पो चितवनमा गराइसक्दा अर्को काठमाडौंमा गर्नुपर्ने छलफल समेत गरेका थियौं।

देशको राजधानी काठमाडौं भएपनि राम्रो प्रदर्शनी स्थल काठमाडौंमा नहुँदा हामीले यस पटकको एक्स्पो पनि चितवनमा नै गर्नुपरेको हो।

संयोजक प्रभात रुङ्गटाले हाम्रो १६० वटासम्म स्टल अटाउन सक्ने भृकुटीमण्डवमा पालो पाउनका लागि ८,९ महिनासम्म प्रतिक्षा गर्नुपर्ने अवस्थामा भएकोले हामीले यसपटकको एक्स्पो पनि विगतमा जस्तै चितवनमा नै गर्न लागेका हौं। संयोजक प्रभात रुङ्गटाले भने, ुपछिल्लो समय विश्वव्यापी रुपमा नै आएको आर्थिक मन्दीको प्रभाव नेपाली औषधि कम्पनीहरुमा समेत परेको छ। सबै क्षेत्रमा परेको आर्थिक मन्दीको समस्यामा नेपाली औषधि कम्पनी समेत अछुतो रहेको अवस्था छैन। ु

पुराना उद्योगहरुमा आर्थिक मन्दीको असर कम तथा मझौला तथा पछिल्लो समय स्थापना भएका उद्योगहरुमा धेरै परेको छ।

यद्यपि केही समयपश्चात् आर्थिक मन्दीको समस्या हट्न सक्छ भन्ने विश्वस्त भएर हामी काम गरिरहेका छौं।

नेपालमा औषधि उत्पादनको क्षेत्रमा निजी स्तरबाट ८०, ८५ वटा उद्योगहरु स्थापना भइसकेको अवस्था छ।

विगतमा एक्स्पो भन्दा नवौं संस्करणमा आउँदा अत्याधुनिक प्रविधितर्फ नेपाली औषधि कम्पनीहरु आएको पाइन्छ। औषधिको गुणस्तरीयता, विश्वसनीयता तथा निर्यातका लागि नेपाली औषधि कम्पनीहरुको अस्तित्व नवौं एक्स्पोले देखाउनेछ। यसले गर्दा आर्थिक मन्दी खेपिरहेको नेपाललाई केहि राहत हुने विश्वास संघले विश्वास लिएको छ ।

यस सन्दर्भमा पुराना औषधि उद्योगहरुले बजारमा स्थान लिइसकेको अवस्था छ। त्यस्तै पछिल्लो दशकमा आएका उद्योगहरु टिकाउनका लागि संघर्ष भइरहेको तथा नयाँ उद्योगहरुलाई झनै आर्थिक हिसाबले समस्या भएको अवस्था छ।

प्रतिक्रिया दिनुहोस्