माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै
काठमाडौं, १६ फागुन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिने तयारी छ । बैठकमा आगामी जागरण अभियानबारे पनि छलफल हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी बताए ।
यसअघि मंगलबारको बैठकमा कांग्रेस महासमिति बैठकले गरेको निर्णय, सुदूरपश्चिम प्रदेशमा माओवादीभित्र देखिएको विवाद र राष्ट्रियसभा अध्यक्ष सम्बन्धमा गम्भीर छलफल भएको थियो ।
मंगलबार बिहान बसेको बैठकबाट ठोस निष्कर्ष नआउँदा आज पुनः बैठक बस्न लागेको हो । प्रवक्ता सापकोटाले विशेषगरी राष्ट्रियसभाको अध्यक्ष माओवादीले छोड्न नहुने अधिकांशको सुझाव आएको जानकारी दिए। यसले गदाृ गठबन्धनमा नै संकट पैदा हुने आशंका पनि उत्तिकै बढेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई सत्ता कसरी टकाउन भन्नेमा तनाव बढेको छ ।
प्रतिक्रिया दिनुहोस्