भजन शिरोमणी भक्तराजलाई अन्तिम श्रद्धाञ्जली

काठमाडौं, १५ फागुन । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यप्रति कलाकार, राजनीतिज्ञ, समाजसेवी र सर्वसाधारणले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि सानो गौचरणस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ ।

वरिष्ठ फिल्म निर्देशक नीर शाह, अभिनेता हरिहर शर्मा, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालासहित संगीतकर्मी र सर्वसाधारणले आचार्यको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरे ।

आचार्यको आजै दिउँसो पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित दाहसंस्कार गरिने भएको छ । भक्तराज आचार्य अब केवल सम्झनामा मात्र रहनेछन् । तर उनका कालजयी गीतहरुले अब युगौयुगसम्म पनि गुञ्जी रहनेछ । गुड बाई भजन शिरोमणी ।

जहाँ छन् बुद्धका आँखा, सीघ्र शान्त र सुन्दर …………………,

मुटु जलिरहेछ यो मन गलिरहेछ तिम्रो याद आइदिदा यो मन …………

प्रतिक्रिया दिनुहोस्