क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सले आइपीओ जारी गर्ने

काठमाडौं,१४ फागुन । क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको छ ।

सभा आगामी महिनाको चैत ५ गते शुभ होटल प्रालि, चाईना पुल, वीरेन्द्रनगर, सुर्खेतमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ ।

आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभाले स्वतन्त्र सञ्चाल निर्वाचन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्