सर्वोत्तम सिमेन्टको आइपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन, धेरैको हात खाली हुने

काठमाडौं,१३ फागुन । सर्वोत्तम सिमेन्टको आइपीओमा पहिलो दिनमै मागभन्दा ३.१२ गुणा बढी आवेदन परेको छ ।

पहिलो दिन अर्थात आइतबार साँझसम्ममा ३ अर्ब १२ करोड ५६ लाख २४ हजार ९७६ रुपैयाँ बराबरको आवेदन परेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडको तथ्यांकले देखाएको छ । सीडीएसका अनुसार १ लाख ५६ हजार २०७ जनाले ८६ लाख ६० हजार ६४० कित्ताका लागि आवेदन दिएका छन् ।

सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई आज  कुल २७ लाख ७६ हजार ७६ कित्ता आइपीओ निष्कासन तथा बिक्री खुला गरेको हो । यसआधारमा पहिलो दिनमै मागभन्दा ३.१२ गुणा बढी आवेदन परेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको छ । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ भाउमा आइपीओ जारी गरेको हो । यस आइपीओमा फागुन १६ गतेसम्म आवेदन दिन सकिन्छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा एक जनाले न्यूनतम ५० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्