गोकर्णेश्वर नगरपालिकामा “गोकर्णेश्वर हेल्थ कार्ड” कार्यक्रम शुरु

काठमाडौं, १३ फागुन । गोकर्णेश्वर नगरपालिकामा “गोकर्णेश्वर हेल्थ कार्ड” कार्यक्रम शुरु भएको छ । गोकर्णेश्वर नगरपालिकामा एकिकृत इलेक्ट्रोनिक पब्लिक हेल्थ प्रोफाइल सिस्टम सहित “गोकर्णेश्वर हेल्थ कार्ड” शुरु भएको हो ।

गोकर्णेश्वर नगरपालिकाले सम्पूर्ण नगरवासीको स्वाथ्यलाई मुख्य प्राथमिकता राखी एकिकृत इलेक्ट्रोनिक पब्लिक हेल्थ प्रोफाइल सिस्टमसहित “गोकर्णेश्वर हेल्थ कार्ड” कार्यक्रम सुुरु गरिएको नगरपालिकाले जनाएको छ ।

नगरवासीको स्वाथ्यलाई उच्च प्राथमिकता दिंदै आएको नगरपालिकाले पछिल्लो अभ्यास मु्लुककै समग्र स्वास्थ्य क्षेत्रका लागि कोसेढ्ङ्गा सावित हुने पालिकाको उपेक्षा लिएको छ ।

स्वास्थ्य क्षेत्रमा जोडिने सेवाग्राही वा नागरिक, सेवा प्रदायक स्वास्थ्य प्रदायक स्वास्थ्य संस्थाहरु तथा स्वास्थ्यकर्मीहरु, समन्वय, सुपरिवेक्षण गर्ने वडा, कार्यालय एवं नगरपालिकाले तोकेका सरोकारवालाहरुलाई एउटै प्रकृतिले जोडेर एक नगरपालिका स्वास्थ्य प्रणाली र नमुना बनाउने सफ्टवेयरको माध्यमबाट नगरवासीको स्वास्थ्य अवस्था तथा उपचारको जानकारीलाई एक विशिष्टिकृत युनिक हेल्थ आइडीको माध्यमबाट सुरक्षित राख्दै जाने र त्यसमध्ये आवश्यक निश्चित “हेल्थ रेकर्ड क्यु आर कोर्ड” मार्फत बिरामी वा नागरिकले चाहेको अवस्थामा जुनसुकै स्थानबाट स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले प्राप्त गर्न सक्ने गरी “गोकर्णेश्वर हेल्थ कार्ड”को परिकल्पनाबाट सिष्टम तयार गरिएको नगरपालिकाले जनाएको छ ।

स्वास्थ्य अवस्था र नगरपालिकाले प्रदान गर्ने स्वास्थ्य सुविधाका दृष्टिकोणले फरक वर्ग, र तहका जेष्ठ नागरिक, बालबालिका, गर्भवती महिला, खेलाडी, शिक्षक, रोगमृताविकको बिरामीलगायतलाई फरक फरक कलर कोडिङ्ग गर्न सकिने यस प्रणालीले नगरपालिकाको स्वास्थ्य सेवा प्रवाह र नीति निर्माणलाई तथ्यपरक तरिकाले व्यवस्थित गर्ने नगरपालिकाको दावी छ । स्वास्थ्य संस्थाको जिम्मेवारी तह अनुसारको फिचर लिएर आप्mना सेवा प्रवाह र त्यसको रेकर्ड राखी एकीकृत गर्न सक्ने हुँदा बैंकहरुले सेवा ग्राहीलाई सहज सेवा सहज बनाई नगरपालिका अन्तर्गतका स्वाथ्य संस्थाहरुको अन्तर आर्वद्धता वा इन्टर अपरेबिलिटी अंगाल्दै यो सिष्टमले नगरपालिकाको “सिंगल क्लिक स्वास्थ्य दर्पण” को भूमिका बहन गर्दै प्रदेश सरकार र संघ सरकारसँग तोकिए अनुसार तथ्यांक र सूचना साटासाट गर्न सक्ने छ । संरचना प्रविधिको आजको युगमा आगामी दिनमा “गोकर्णेश्वर हेल्थ कार्ड” लाई अझ परिस्कृत एवं सेवाग्राहीमैत्री बनाउँदै लैजाने नगरपालिका प्रमुख दिपक कुमार रिसालले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्