आजबाट देशभरी नै दादुराविरुद्ध खोप अभियान, काठमाडौँ लगायत सबै स्थानीय तहले जारी गरे सूचना

काठमाडौं, १३ फागुन। सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आज फागुन १३ देखि दादुरा–रुवेला विरुद्धको खोप देशभर लगाउन शुरु गरिएको छ । जाजरकोट र पश्चिम रुकुमबाहेकका ७५ जिल्लामा फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान जारी रहनेछ ।

सो अभियानअन्तर्गत काठमाडौँ जिल्लामा मात्रै पाँच लाख ९७ हजार तीन सय पाँच जना बालबालिकालाई खोप लगाइनेछ। जसअनुसार काठमाडौँमा १ हजार ६ सय ७० खोप केन्द्र तोकिएको छ।

विद्यालय र वडा कार्यालयमा रहेका स्वास्थ्य संस्थामा खोप लगाउने जनाएको स्वास्थ्य मन्त्रालय बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछन भने ९ महिनादेखि पाँच वर्षसम्मका बालबालिहरु सो खोप अभियान सहभागी हुँदैछन्।

काठमाडौँको ११ वटै स्थानिय तहमा फागुन १३ गतेदेखि नै खोप अभियान सञ्चालन हुने भएपनि काठमाडौँ महानगरपालिका क्षेत्रमा भने फागुन १६ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन हुने जनाइएको छ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका कागेश्वरी मनोहरा, शंखरापुर नगरपालिका, बुढानीलकण्ठ नगरपालिका, टोखा नगरपालिका, तारकेश्वर नगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरी नगरपालिका, कीर्तिपुर नगरपालिका, दक्षिणकाली नगरपालिका अन्तर्गत विभिन्न स्थानमा खोप केन्द्र राखिएको छ । यस्तै देशैभरका ७५३ वटै स्थानीय तहले सूचना जारी गर्दै नजिकको पायकपर्ने केन्द्रमा गई आफना बालबालिकालाई खोप लगाउन पालिकाले सूचना पनि जारी गरेको छ । रुकुम पश्चिम र जाजरकोटमा भने यस अघि नै दादुरा रुबेलको खोप अभियान चलाइसकेको हुँदा उक्त क्षेत्रमा यस पटकको अभियानमा नसमेटिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्