सन नेपाल लाइफको लाभांश घोषणा, बोनस पश्चात हकप्रद पनि जारी गर्ने

काठमाडौं,१३ फागुन । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आ.व. २०७९/८० को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २३.८० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ४ करोड ८४ हजार २११ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

साथै इन्स्योरेन्सले बोनस शेयर वितरणपश्चात कायम हुने चुक्ता पूँजीको २७ प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने पनि घोषणा गरेको छ ।

फागुन ११ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने र हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण र हकप्रद शेयर निष्काशन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्