नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै

काठमाडौं, १३ फागुन। घरेलु मैदानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत पहिलो शृंखलाको अन्तिम खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे सुरु हुनेछ ।

लिग २ को नयाँ चक्रिय पहिलो त्रिकोणात्क शृखंलामा नेपाल र नेदरल्याण्ड्ससँगै नामिबिया पनि सहभागी छ । नामिबियाले चारै खेल खेलिसकेको छ । जसमा तीन खेल जित्दा एक खेलमा पराजित भएको थियो ।

नेपाल र नेदरल्याण्ड्सले भने तीन खेल खेल्दा समान एक खेल जितेका छन् । नेपालले यसअघि नेदरल्याण्ड्स विरुद्धको पहिलो खेल ९ विकेटले जितेको थियो ।

नामिबियासँग भने नेपाल दुवै खेलमा पराजित भएको थियो । यस्तै नेदरल्याण्ड्स र नामिबिया विरुद्धको खेलमा दुवै टिमले एक(एक खेल जितेका थिए ।

नेपाल र नेदरल्याण्ड्स दुवै आफ्नो पछिल्लो खेलमा नामिबियासँग पराजित भएको थियो । नेपाल आफ्नो पछिल्लो खेलमा नामिबियासँग २ विकेटले पराजित भएको थियो । यस्तै जारी शृंखलामा दुई स्कोर कटाउने पहिलो टिम बनेको नामिबियाले त्यसपछिको खेलमा नेदरल्याण्ड्सलाई २४ रनले पराजित गरेको थियो ।

त्यसैले नेपाल र नेदरल्याण्ड्स दुवै टोली अन्तिम खेलमा जित्दै सुखद रुपमा शृखंला सकाउने योजनामा छ ।
नेपाल र नेदरल्याण्ड्सबीच अहिलेसम्म चार ओडिआई खेल भएको छ । जसलै दुवैले समान २/२ खेल जितेका छन् ।

कीर्तिपुरमै भएको पछिल्लो खेलमा नेपालले नेदरल्याण्ड्सलाई १३७ रनमा अलआउट गर्दै २०८ बल बाँकी छँदै ९ विकेटले खेल जितेको थियो ।

सन् २०२७ मा हुने ओडिआई विश्वकप छनोटको प्रारम्भिक आधारको रुपमा रहेको लिग २ मा कूल ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । अघिल्लो साइकमला १२ टेष्ट राष्ट्रसँगै सुपर लिग खेलेको नेदरल्याण्ड्सले यस पटक देखि लिग २ खेल्न थालेको हो ।

रोहितकुमार पौडेल ९कप्तान०, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अनिलकुमार साह, दीपेन्द्र सिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ, देव खनाल

म्याक्स ओडाउड, विक्रमजित सिंह, नोआह क्रस, शरिज अहमद, आर्यन दत्त, तेजा निडामानिरु, स्कट एडवाड्र्स ९कप्तान०, माइकल लेभिट, भिभियन किंग्मा, वेस्ली ब्यारेसी, स्याब्रान्ड एंगेलब्रेक्ट, रोलेफ भान डर मर्वे, बास डि लिडे, क्याइल केलिन, ओलिभर एलेनबास

प्रतिक्रिया दिनुहोस्