स्वरोजगार लघुवित्तको ७ प्रतिशत बोनस शेयरमूल्य समायोजन

कठमाडौं, ११ फागुन । शुक्रबार, नेपाल स्टक एक्सचेञ्जमा स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन १३ गते आइतबार बुकक्लोज गर्दैछ ।

यस लघुवित्तको फागुन १० गते बिहीबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

नेप्सेले यस दिन लघुवित्तको ७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात लघुवित्तको शेयरमूल्य ५९१ रुपैयाँ ६८ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, लघुवित्तको शेयर प्रतिकित्ता ६३३ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो । यस समायोजित मूल्यका आधारमा आइतबार दोस्रो बजारमा लघुवित्तको शेयर कारोबार खुल्नेछ ।

लघुवित्तले फागुन २६ गते, शनिबार, नेपाल हाउस, हात्तीसार, काठमाडौँमा पन्ध्रौँ वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३६८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले सर्वसाधारणमा एफपीओ निष्काशन गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि प्रस्तावहरु पनि पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्