एकै परिवारका तीन जनाको हत्या गरी आत्म हत्या
, काठमाडौं, ९ फागुन। काठमाडौंको सीतापाइलामा एकै परिवारका तीन जनाको हत्या भएको छ, भने एकजनाले आत्म हत्या गरेको छ। सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका ६ बैराग टोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनका छोरीहरु ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी सिवानी श्रेष्ठको हत्या भएको हो । भने ईश्वरीका श्रीमान् पनि मृत भेटिएका छन् । घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको हो । परिवारका सदस्यहरुको हत्यापछि उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ ।
घटनाबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए । एकपछि अर्काे गर्दै अपराधिक घटनाहर बढ्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्