आज देशको उच्च पहाडी तथा हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं,९ फागुन । नेपालमा अहिले पश्चिमी वायुको प्रभाव रहेको छ । पश्चिमी वायु नेपालको पश्चिम भूभागबाट प्रवेश गरी पूर्वतिर सर्ने क्रममा छ ।
विगत २४ घण्टामा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही भूभागमा र बागमती प्रदेशका थोरै भूभागमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाको बुलेटिनमा उल्लेख छ ।
महाशाखाका अनुसार आज मधेश प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली तथा बाँकी भू–भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशको एक वा दूई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले बताएको छ ।
आज काठमाडौं उपत्यकामा मौसम पूर्णतया बदली रहेको छ । घाम नलाग्ने भएका कारण आज काठमाडौं उपत्यकामा दिउँसो केही चिसो हुने सम्भावना छ । जसका कारण आज उपत्यकाको अधिकतम तापक्रम केही कम हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्