भारतमा टाटा र एमजीले घटाए गाडीको मूल्य

काठमाडौं, ८ फागुन । भारतीय बजारमा विद्युतीय गाडीमा मूल्य घटाउने प्रतिस्पर्धा चलेको छ ।

विश्वभर नै विद्युतीय गाडीको मूल्य घट्दो क्रममा छ । चीनमा मूल्य घटाउने तिब्र प्रतिस्पर्धा चलिरहेको बेला भारतमा टाटाले आफ्नो विद्युतीय मोडलका कारको मूल्य घटाएको हो । टाटा मोटर्सका अनुसार टाटाले नेक्सन ईभीको मूल्यमा १ लाख २० हजार भारतीय रुपैयाँसम्म घटाएको जनाएको छ । त्यसैगरि टियागो ईभीमा ७० हजारसम्म मूल्य घटाएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार लिथियम आयोन ब्याट्रीको मूल्यमा भारी गिरावट आएसँगै कार उत्पादकले मूल्य घटाउन थालेका हुन् ।

टाटाले मूल्य घटाएपछि ईभी कम्पनी एमजीले पनि कोमेटको मूल्य १ लाख रुपैयाँ घटाएको छ । त्यस्तै एमजीले कम्प्याक्ट एसयूभी सेग्मेन्टको ईभी जेडएस मोडलमा २ लाखसम्म मूल्य घटाएको छ ।

नेपालमा टाटाको आधिकारिक बिक्रेता सिप्रदी टे«डिङ्गले टियागो ईभीको मूल्य २१ लाख र नेक्सनको ३८ लाख मूल्य तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्