बढ्यो विमानस्थलबाट हुने तस्करी, सुनसहित भारतीय नागरिक पक्राउ
काठमाडौं,८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुनसहित एक जना भारतीय पक्राउ परेका छन् ।
अर्धठोस बनाएर ल्याइएको अवस्थामा सुनसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुरलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयले पक्राउ गरेको एसएसपी कृष्णहरि शर्माले जानकारी दिए ।
उनका अनुसार, सोमबार राति दुबईबाट आएका गफुरलाई शंका लागेर जाँच गर्दा सुन फेला परेको थियो । शरिफ फ्लाई दुबईको उडानमार्फत काठमाडौं आएका थिए ।
उनलाई थप अनुसन्धान र कारबाहीका लागि विमानस्थल भन्सार कार्यालय बुझाइएको एसएसपी शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस्