सर्वोच्च अदालते अब हप्तामा दुई दिन संवैधानिक इजलास सम्बन्धी मुद्दा हेर्ने

काठमाडौं । सर्वोच्च अदालते हप्तामा दुई दिन संवैधानिक इजलास अन्तरगतको मुद्दा हेर्ने व्यवस्था गरेको छ।

सर्वोच्च अदालतका सहायक प्रवक्ता नागेन्द्रप्रसाद कालाखेतीले बुधबार र शुक्रबार हप्तामा २ दिन संवैधानिक इजलास अन्तरगतको मुद्दा हेर्ने समय तोकिएको जानकारी दिएका हुन्।

मंगलबार अपरान्ह नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले सर्वोच्च अदालतमा संवैधानिक इजलास अन्तरगत २ सय १५ वटा मुद्दा दर्ता भएको पनि जानकारी दिए।

नयाँ संविधान जारी भएसँगै सर्वोच्च अदालतले संवैधानिक इजलास फाँटको व्यवस्था गरी सोसम्बन्धि मुद्दा हेर्न सुरू गरेको हो। संवैधानिक इजलास अन्तरगत संविधानसँग बाझिएका ऐन, कानूनसम्बन्धी मुद्दा, स्थानीय–स्थानीय तथा प्रदेश–प्रदेशबीचको विवादको मुद्दा र प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको योग्यतासम्बन्धी मुद्दा हेर्ने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्