कांग्रेसका ६ शुभेच्छुक संघ संस्थाहरुले महासमितिको बैठक बहिष्कार गरे

काठमाडौं, ८ फागुन। नेपाली कांग्रेसका ६ शुभेच्छुक संघ संस्थाहरुले महासमितिको बैठक बहिष्कार गरेका छन् ।

ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्रेटिक लयर्स एसोसियसन, प्रजातान्त्रिक चिकित्सक संघ, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल ९सिडेन० र नेपाल प्रेस युनियनले बैठक बहिष्कार गरेका हुन् ।

आफूहरूले पठाएका प्रतिनिधिहरूको नाम समावेश नगरिएको भन्दै यी ६ संघ–संस्थाहरूले बैठक बहिष्कार गद्र्रै आपत्ति जनाएका छन् ।
पार्टीको विधानअनुसार केन्द्रीय अध्यक्षसहित एक संस्थाबाट तीन जना महासमिति सदस्य व्यवस्था भए पनि त्यसो नगरिएको भन्दै यी ६ भुभेच्छुक संस्थाले आपत्ति जनाएका हुन्।

संस्थाका अध्यक्षलाई महासमितिमा आमन्त्रित सदस्य रहने गरी निर्णय गरिएको थियो । सोमबारदेखि ललितपुरको गोदावरीमा सुरु भएको महासमिति बैठकमा आज मंगलबार बन्दसत्र सुरु हुँदैछ । यस्तै जिभिन्न देशका सम्पर्क समितिले पनि आपत्ति जनाउँदै आएको छन् ।

प्रतिक्रिया दिनुहोस्