नेपाली काँग्रेसको महासमिति बैठकको एजेण्डामा देउवा-गगन कुरो मिलेन, उद्घाटनपछि पुन: बैठक बस्ने

काठमाडौं, ७ फागुन । नेपाली काँग्रेसको महासमिति बैठकका लागि महामन्त्री गगन थापाले तयार पारेको सांगठनिक प्रतिवेदन संशोधनका लागि भएको छलफल निष्कर्ष पुग्न नसक्दा यसलाई टुंयाउन पुनः छलफल हुने भएको छ ।
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले सहमति जुटाउन नसकेपछि पुन छलफल गर्ने गरी बैठक सकिएको हो । ‘मुख्य कुरा चुनावअघिको गठबन्धन नगर्ने संकल्प गरौं भन्ने विषयमा सहमति जुट्न सकेन, कांग्रेसका एक नेताले भने, ‘दुवै पक्ष लचक नभएपछि उद्घाटनपछि फेरि बैठक बस्ने कुरा भएको छ ।’ युसबाटै टुंगो लगाउने गरि बैठक स्थगित गरिएको छ ।

संस्थापन पक्षले ‘प्रिइलेक्सन एलायन्स’ नगर्ने संकल्प गर्ने प्रस्तावप्रति आपत्ति जनाएका छन् । तर, महामन्त्री थापा प्रतिवेदनबाट उक्त विषय हटाउन तयार छैनन् । शनिबार, आइतबार पनि सोही विषयमा छलफल भएपनि सहमति हुन सकेको थिएन । भविष्यमा हुने आवधिक निर्वाचनहरुमा निर्वाचन पूर्वगठबन्धन नगर्ने संकल्पमा गर्ने उल्लेख छ ।

चार वर्ष पछिको निर्वाचनका लागि अहिले नै किन निर्णय लिनु भन्ने संस्थापन पक्षको भनाइ छ । महाधिवेशन कार्यतालिका र विधानसँग बाझिएका विषयमा संशोधनमा नेताहरु सहमत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्