फोटो पत्रकारहरूले क्यामेरा डाउन गरेर विरोध गरे

काठमाडौं, ७ फागुन। राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा पत्रकारलाई प्रवेश दिइएको छैन ।

सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रवेश नदिइएपछि फोटो पत्रकारहरूले क्यामेरा डाउन गरेर विरोध जनाएका हुन् ।

सूचना तथा प्रसारण विभागको कार्डलेसमेत प्रवेश नदिएपछि पत्रकारहरूले सांकेतिक विरोध गरि विरोध गरेका हुन् ।

समारोहको निमन्त्रणपत्र भए मात्रै प्रवेश दिने भन्दै पत्रकारहरूलाई आयोजकले फर्काइद्र्रिएका थिए । यसले गर्दा पत्रकारलाई समाचार संकलनमा समस्या परेको छ ।

प्रतिक्रिया दिनुहोस्