सहकारी विभागमा लगभग ३ सय सहकारी पीडितको धर्ना

काठमाडौं, ६ माघ। काठमाडौंको सहकारी विभागमा सहकारी पीडितले प्रदर्शन गरेका छन्।

पीडितहरूले आइतबार विभाग परिसरमा प्रदर्शन गरेका हुन्।

उनीहरूले सहकारीका वित्तिय माफियाहरूलाई कारबाही गर्नुपर्ने भन्दै आन्दोलन गरेका हुन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले उक्त प्रदर्शन गरेको हो।

अभियानमा २ सय ८२ सहकारीका पीडितहरूले ऐक्यवद्धता जनाएका छन्।

सहकारी पीडितहरूले बचत तथा कर्जा सुरक्षण कोष स्थापना हुनुपर्ने, ५० करोडभन्दा धेरै कारोबार गर्ने सहकारीको नियमन राष्ट्र बैंकबाट हुनुपर्ने, सहकारी दर्ता, कार्य क्षेत्र तथा सेवा केन्द्र विस्तारमा एक वर्षसम्म रोक लगाउनुपर्ने लगायतको माग राखेर विभिन्न कार्यक्रम गर्दै आएका छन्।

आइतबार बिहान १० बजेदेखि पीडितहरूले विभागमा दिइरहेको धर्ना साँझ ५ बजेसम्म चल्ने उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्