एशियन लाइफ र हिमालयन रि इन्स्योरेन्स र इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं,६ फागुन । एशियन लाइफ इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि हिमालयन रि ले भोली अर्थात फागुन ७ गते बुकक्लोज गर्दैछ भने एशियन लाइफले फागुन ८ गते बुकक्लोज गर्दैछ ।

भोली फागुन ७ गते प्रजातन्त्र दिवसको सार्वजनिक बिदा हुने हुँदा आजसम्म नेप्सेमा कारोबार भइ कायम यी दुबै कम्पनीका शेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

एशियन लाइफ इन्स्योरेन्सले फागुन १८ गते, शुक्रबार, होटल क्लासिक सिमरा, बारामा १६ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

इन्स्योरेन्सको सभाले हाल कायम चुक्ता पूँजीको ७.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले बोनस शेयर वितरण पश्चात कायम चुक्ता पूँजीको ४२ प्रतिशत अर्थात १ बराबर ०.४२ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्ने, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, शेयर संरचना परिवर्तनपश्चात सञ्चालक समितिको संरचना परिवर्तन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, सर्वसाधारण समूहको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

त्यसैगरि हिमालयन रिले फागुन २० गते, आइतबार, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशतका दर नगद लाभांश वितरण गर्ने, बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ८० प्रतिशत अर्थात १० बराबर ८ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञालक समितिलाई अख्तियारी दिने, संस्थापकसमूहको तर्फबाट रिक्त रहेको पदका लागि एक जना सञ्चालक र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्