सुनचाँदी दुबैको मूल्यमा बढोत्तरी
काठमाडौं,४ फागुन । आज शुक्रबार सुनचाँदीको दुबैको मूल्यमा वृद्धि भएको छ । सुन तोलामा ६०० रुपैयाँ र चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार १०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख १६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार भने सुनको भाउ स्थिर रहेको थियो । हिजो सुन प्रतितोला एक लाख १६ हजार ५०० रुपैयाँ कायम रहेको थियो ।
शुक्रबार चाँदीको भाउ पनि बढोत्तरी भएको छ । यस दिन चाँदी तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोवार हुँदैछ ।
चाँदीको भाउ लगातार दोश्रो दिन वृद्धि भएको हो । अघिल्लो कारोबार दिन, चाँदी प्रतितोला १० रुपैयाँले बढ्दा एक हजार ३७५ रुपैयाँमा कारोवार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्