क्लासिक टेकले गर्यो, नेपालभरी ३०० कर्मचारीको माग

काठमाडौं । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नेपालभरी ३०० जनालाई रोजगारीको आव्हान गरेको छ ।
कम्पनीले यसका कर्मचारीहरुको लागि आकर्षक सेवा सुविधाहरुका साथै अन्य सुविधाहरु जस्तैः सियुजीसिम कार्ड, इन्धन, सामाजिक सुरक्षा कोष जस्ता विभिन्न सुविधा उपलब्ध गराउदै आइरहेको छ । आव्हान गरिएका पदहरूमा ५० जना कल सेन्टर एजेन्ट, ४० जना क्षेत्रीय बिक्री इन्चार्ज, २०० जनाभन्दा बढी क्षेत्रीय बिक्री प्रतिनिधीहरु साथै, प्राविधिक विभाग, फाइबर विभाग लगायतका रहेका छन् ।

योग्यता पुगेका तथा ईच्छुक उम्मेदवारहरुले उल्लिखित पदहरुका लागि आवेदनदिनसक्नु हुनेछ । कर्मचारी आवश्यकता देहाय बमोजिम रहेको छ । प्रदेश नं. १ः विराटनगर, दुहवी, रङ्गेली, हरिनगरा, देवानगञ्ज, चिम्दी, भुटाहा, इटहरी, तरहरा, धरान , चतरा , केरावारी, लेटाङ, विराटचोक, बिर्तामोड र दमक प्रदेश नं. २ः बिरगंज, कलैया, चन्द्रनिगाहापुर, ढल्केवर र लहान प्रदेश नं. ३ (वाग्मती)ः नयाँ वानेश्वर, गैरीधारा, बालाजु,गोल्फुटार, कलंकी, पेप्सिकोला, डाँछी, चावहिल, नारायणटार , मुलपानी, गोकर्ण, बल्खु, धापासी, ललितपुर (सातदोबाटो), चापागाउँ, ठेचो, थैब, थानकोट, सुर्यविनायक, बनेपा, पनौती, चितवन (भरतपुर, चनौली, टाँडी, गितानगर, पर्सा), हेटौडा (हटिया, पदमपोखरी, वस्तीपुर) प्रदेश नं. ४ (गण्डकी)ः पोखरा, लेखनाथ प्रदेश नं. ५ (लुम्बिनी)ः बुटवल, भलवारी, फर्साटिकर, माणिग्राम, टिकुलीगढ, नयागाउँ, भैरहवा, नेपालगञ्ज र कोहलपुर योग्यता पुगेका तथा कम्पनीसंग सहकार्य गर्न ईच्छुक उम्मेदवारहरु जोे भरपर्दो इन्टरनेट सेवा प्रदान गर्ने कम्पनीको महानअभियानमा योगदान दिन उत्सुक छन्, लाई [email protected] मा आफ्नो व्यत्तिगत विवरण (CurriculumVitae) पेश गर्नुहुन आव्हान गरिन्छ । क्लासिक टेक र यसका विज्ञापन बारे थप जानकारीको लागि, कृपया www.classic.com.np/career बाट जानकारी प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्