माओवादी केन्द्रीय अध्यक्ष सम्पूर्ण पार्टी सदस्यबाट प्रत्यक्ष चुनिनुपर्ने प्रस्ताव

काठमाडौँ, फागुन। माओवादी केन्द्रको जारी विधान अधिवेशनमा पार्टीको केन्द्रीय अध्यक्ष सम्पूर्ण पार्टी सदस्यबाट प्रत्यक्ष चुनिनुपर्ने प्रस्तावको माग आएको छ ।
मङ्गलवार समूह ९ बाट आएका सुझाव समूह नेता रञ्जित तामाङले अधिवेशनमा प्रस्तुत गरेका थिए । समूहगत छलफलमा केही सदस्यहरूले केन्द्रीय अध्यक्ष पार्टी सदस्यहरूबाट अध्यक्ष चुनिनुपर्ने र पदाधिकारीको उम्मेदवार केन्द्रीय सदस्यबाट हुनुपर्ने सुझाव दिएका हुन् ।

यस्तै सम्पूर्ण समिति प्रत्यक्ष निर्वाचित हुनुपर्ने सुझाव दिएका छन् । केहीले समितिले पदाधिकारी चुन्ने व्यवस्था यथावत् राख्नुपर्ने धारणा राखेका छन् । यसैगरी पार्टीका हरेक पदाधिकारी र राजकीय पदहरूमा एक तहमा दुई कार्यकालको व्यवस्था राख्नुपर्ने धारणा राखेका छन् । तर समानुपातिक प्रतिनिधित्व र राष्ट्रियसभा सदस्य एक कार्यकाल बनाउनुपर्ने सुझाव आएको छ ।

प्रतिक्रिया दिनुहोस्