नेकपा एमालेको सचिवालय बैठक आह्वान
काठमाडौं, २ फागुन। नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । भोलि दिउँसो ३ बजे केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बोलाइएको हो । केन्द्रीय कार्यालयका सचिव डा।भिष्म अधिकारीका अनुसार, केन्द्रीय कमिटी बैठक बोलाउने र समसायिक राजनीतिक विषयहरुमाथि छलफल गर्न सचिवालय बैठक बोलाइएको छ । सचिवालय बैठकको एजेण्डा आज बस्ने कार्यालय बैठकले तय गर्नेछ ।
अहिले केन्द्रीय कार्यालय च्यासलमा कार्यालयको बैठक बस्दैछ । यो बैठकले पछिल्लो राजनीतिक अवस्था, पार्टीको आन्तरिक संगठन विस्तार, जिल्ल्ला अधिवेशन लगायका एजेण्डामा केन्द्रीत हुनेछ ।
प्रतिक्रिया दिनुहोस्