सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बोलायो साधारण सभा
काठमाडौं,२ फागुन । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले गत आ.व.२०७९/०८० को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।
इन्स्योरेन्सले फागुन ३० गते लिसारा रिसेप्सन, भगवती बहाल काठमाडौँमा तीसौँ वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि इन्स्योरेन्सले फागुन ११ गते बुक क्लोज गर्ने भएको छ । यस अनुसार फागुन १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्