युनाइटेड अजोड इन्सुरेन्सको प्रतिसेयर आम्दानीमा बढोत्तरी

काठमाडौं,१ फागुन । युनाइटेड अजोड इन्सुरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १३ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

इन्स्योरन्सले गत वर्षको यसै अवधिको तुलनामा ४८ प्रतिशतले धेरै हो । गत वर्ष यसले ८ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा नाफामा सुधार आएको हो ।

उक्त आम्दानी १० करोड ८२ लाख रुपैयाँबाट बढेर १८ करोड २७ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, कमिसनबाट हुने आम्दानी पनि बढेको छ । कम्पनीको कुल दावी भुक्तानी ८१ करोड २८ लाख रुपैयाँ रहेको छ । गत वर्ष ४१ करोड ४६ लाख रुपैयाँ थियो ।

इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ९० करोड ४५ लाख ६८ हजार रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा २१ करोड ९२ लाख रुपैयाँ रहेको छ । युनाइटेड अजोडको बिमा कोषमा ३ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । पुससम्म यसले ४४ करोड ४० लाख रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । गत वर्षको भन्दा ८५.३६ प्रतिशतले धेरै हो । गत वर्ष यसले २३ करोड ९५ लाख रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो ।

यसको प्रतिसेयर आम्दानी पनि बढेर १३ रुपैयाँ ८५ पैसा कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी ९ रुपैयाँ ३६ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ भने १९४ रुपैयाँ ७४ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्