नेको इन्स्योरेन्सको खुद बीमाशुल्क र नाफा सामान्य बढ्यो

काठमाडौं,१ फागुन । नेको इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार इन्स्योरेन्सको खुद बीमाशुल्क गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले ६१ करोड ६० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६।१० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ५८ करोड ६ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो ।

खुद बीमाशुल्कसँगै इन्स्योरेन्सको खुद नाफा पनि सामान्य बढेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा १५.२३ प्रतिशत बढेर २२ करोड १२ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आम्दानी १९.४२ प्रतिशत र कुल खर्च १.६७ प्रतिशत बढेको छ । इन्स्योरेन्सको खुद दाबी खर्च भने सो अवधिमा १०.६९ प्रतिशत घटेको छ ।

समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २१ रुपैयाँ ९५ पैसा रहेको इन्स्योरेन्सको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २१ रुपैयाँ ९९ पैसा पुगेको छ । सो अवधिसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी ३८.३४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३० रुपैयाँ १ पैसा रहेको छ ।

२ अर्ब १ करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा १ अर्ब ८६ करोड ५६ लाख रुपैयाँ, महाविपत्ती कोषमा १२ करोड २३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३६ करोड ३४ लाख रुपैयाँ र अन्य इक्विटीमा २६ करोड ४७ लाख रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्